काठमाडौं। काठमाडौं–नौबिसे सडक अवरुद्ध भएको छ । अविरल वर्षासँगै लेदोसहितको पहिरो खस्दा नौबिसे झ्याप्लेखोला सुरुङमार्ग नजिकै सडक पूणृ रुपले अवरुद्ध भएको हो।

बाटो बन्द हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका छन्। पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार देशका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

Share.

Comments are closed.

Exit mobile version