काठमाडौं । धादिङको झ्याप्ले खोलामा पुरिएका तीन वटा बसबाट अहिलेसम्म ३५ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार हिजो एउटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो । आज एउटा बसमा आठ जनाको शव र अर्को माइक्रोबसमा १३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

गोरखाबाट काठमाण्डौका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बसबाट आज आठ जनाको शव निकालिएको छ । यस्तै चितवनबाट काठमाण्डौ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १३ जनाको शव फेला परेको छ । यो माइक्रोबाट चार जना महिला र नौ जना पुरुषको शव निकालिएको छ । यस्तै बुटवलबाट काठमाण्डौका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसलाई पनि झ्याप्ले खोलाको पहिरोले पुरेको थियो । त्यो माइक्रोबसमा रहेका १४ जनाको शव हिजो नै निकालिएको थियो ।

हिजो शव निकालेकामध्ये तीन जना गुल्मीको मदाने गाउँपालिकाका–६ का र तीन जना गुल्मीदरबार गाउँपालिकाको चारपालाका रहेको खुलेको छ । झ्याप्ले खोलाको पहिरोले अरू पनि गाडी पुरेको शङ्कामा खोजी भइरहेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version