काठमाडौं । डडेलधुरामा बस दुर्घटनास्थलबाट थप एक महिलाको शव निकालिएको छ । बसमा सवार बैतडीको पुर्चौडी नगरपालिका–१० की गोवणी महराको शव फेला परेको हो । योसँगै बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार अहिले मुचुल्का तयार गर्ने काम भइरहेको छ । गएराति कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटनामा परेको थियो ।

बसमा १७ जना सवार थिए । तीमध्ये गम्भीर घाइते ४ जनालाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको दुर्घटनामा परेर मृत्यु भएको छ ।

बस दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते पुर्चौडी नगरपालिका–३ का २४ को बिरेन्द्र बोहरा र डडेलधुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहराको धनगढीमा उपचार भइरहेको छ

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version