काठमाण्डौ – टी–२० श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा घरेलु टोली श्रीलङ्काले वेस्ट इन्डिजलाई हराएको छ । हिजो दम्बुलामा भएको खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई ७३ रनले हराएको हो ।

श्रीलङ्काले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १६ ओभर १ बलमा ८९ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले व्याटिङ गरेको श्रीलङ्काले  निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । यसअघिको पहिलो खेलमा वेस्ट इन्डिजले श्रीलङ्कलाई ५ विकेटले हराएको थियो । तीन खेलको टी–२० श्रृङ्खला १–१ को बराबरीमा छ ।

टी–२० श्रृङ्खलाको तेस्रो तथा अन्तिम टी–२० खेल भोलि बिहीवार हुनेछ । त्यसपछि श्रीलङ्का र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय श्रृङ्खला शुरू हुनेछ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version