काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको छ । आज नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने हिजोको तुलनामा वृद्धि भएको छ । यसदिन ७ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो कारोबार दिन हिजो ४३ अंकले बढेको सेयर बजारमा ५ अर्बमाथिको कारोबार भएको थियो ।

यसदिन ३१६ कम्पनीको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ रुपैयाँमा खरिदबिक्री भए । नेप्से सामान्य अंकले बढ्दा सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन ।

गुडविल फाइनान्सको सेयर सर्वाधिक ७.६३ प्रतिशतले बढ्दा एनआईसी एसिया सेलेक्ट फण्ड र सनराइज ब्लुचिप फण्डको सेयर ६ प्रतिशतले बढीले बढ्यो । यसैगरी समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्टको ५/५ प्रतिशतले सेयर बढ्यो ।

३३ करोडको सेयर कारोबार गरी कुमारी बैंक शीर्षस्थानमा रह्यो । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टले २६ करोडको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सको २० करोड,नगदी ग्रुप र गुडविल फाइनान्सको १८/१८ करोडको सेयर कारोबार भयो ।

कारोबारमा आएका ८९ कम्पनीको मूल्य बढ्दा १४२ वटाको मूल्य घट्यो । बाँकी १३ कम्पनीको मूल्य भने यसदिन स्थिर रह्यो । यसदिन ७ समूहको सूचक बढ्दा अन्य ६ समूहको उपसूचक नकारात्मक देखिएका छन् ।

Share.

Comments are closed.

Exit mobile version