काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका जाँदै हुनुहुन्छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन उहाँ वासिङटन डिसी जान लाग्नुभएको हो ।
वासिङटन र न्युयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने बताइएको छ। उनी कात्तिक दोस्रो साता स्वेदश फर्कने कार्यक्रम छ।
