काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक राजनीतिक नेताहरुले पूर्वसभामुख स्व. दमननाथ ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंको नयाँ गौचरणमा राखिएको ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका महामन्त्री थापाले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो ।
महामन्त्री थापाले आफ्नो पार्टीबाट सभामुख भएपछि पार्टीप्रति झुकाव राख्नुपर्ने आफूहरुको ठानेको भएपनि उहाँले त्यस्तो नगरि निष्ठाको राजनीति गर्नुभएको बताउनुभयो । नेपालका हरेक संघ र संस्थामा राजनीतिक मान्छेहरु जोडिएको कारण विकास हुन नसकेको उल्लेख गर्नुहुँदै उहाँले जुन दलबाट भएपनि संस्थाको नेतृत्वमा पुगेपछि शतप्रतिशत इमान्दारिता देखाउनुपर्ने कुरा स्व।ढुंगानाबाट सिक्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले उदार प्रजातन्त्रमा विश्वास गर्ने मान्छेले उहाँबाट निष्ठा सिक्न जरुरी रहेको बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।