काठमाण्डौ – यूईएफए नेशन्स लिगमा फ्रान्सले इटालीलाई ३–१ गोलले पराजित गरेको छ । यो जीतसँगै फ्रान्स लिग वानको समूह २ विजेता बनेको छ ।

समान ६ खेलमा १३ अङ्क नै रहेको इटाली गोल अन्तरले दोस्रो स्थानमा रहेको छ । लिग वानको समूह २ कै अर्को खेलमा इजरायलले बेल्जियमलाई १–० ले पराजित गर्‍याे। यस्तै लिग–बी को समूह २ मा इंग्ल्यान्डले आयरल्यान्ड गणतन्त्रलाई ५–० गोलले पराजित गर्‍याे ।

इंग्ल्यान्ड १५ अङ्कसहित समूह विजेता बनेको छ । यही समूहमा ग्रिसले फिनल्यान्डलाई २–० ले हराएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version