अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसको भित्री भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिनुभएको छ । कार्यकाल सकिन दुई महिना मात्र बाँकी रहेको र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्ने बताइरहेका बेला बाइडेनले युक्रेनलाई आक्रमणको अनुमति दिनुभएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार यसअघि प्रयोग गर्न बन्देज गरिएका लामो दूरीका मिसाइल रुसी भूमिमा हान्न बाइडेनले अनुमति दिनुभएको हो । १० हजारभन्दा धेरै उत्तर कोरियाली सेना रुसमा पुगेको जानकारी सार्वजनिक भएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो ।

यसअघि हिजो रुसले युक्रेनमा सेप्टेम्बर महिनापछिकै ठूलो आक्रमण गरेको थियो । अमेरिकासँगै  फ्रान्स र बेलायतले पनि आफूले यस अगाडि रुसी भित्री भागमा मार हान्न अनुमति नदिएका मिसाइल प्रयोग गर्न अनुमति दिएका छन् ।

आजै सार्वजनिक भएको एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको आग्रह नटेरी लामो मिसाइल हान्न दिनु भनेको पश्चिमा देश सिधा युद्धमा भाग लिएको हुनाले रुसले कुनै पनि बेला नेटो पोस्टमा आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ ।

Share.

Comments are closed.

Exit mobile version