काठमाडौं। प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे कम्बोडिया पुग्नु भएको छ।

यही मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडिया जानु भएको हो।

उहाँलाई कम्बोडियाको नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको संसद्का उच्च अधिकारीले स्वागत गरेको सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले बताउनु भयो।

सभामुख घिमिरे यही मंसिर ८ देखि ११ गतेसम्म हुने कार्यक्रममा सहभागी भएर यही मंसिर ११ गते स्वदेश फर्कने तालिका छ।

Share.

Comments are closed.

Exit mobile version