काठमाडौँ । यहि मङ्सिर १५ गतेदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्बजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलका लागि विभिन्न पाँच प्रकारका टिकट दररेट सार्बजनिक गरेको हो ।

क्यानले उद्घाटनको दिनका लागि जनरल टिकटको ३०० र भिआइपी टिकट ७००, लिगका दुवै खेलका लागि जनरल ३०० र भिआइपी ५००, प्लेअफ खेलको दिन जनरल ५०० र भिआइपी ७००, फाइनल खेलको दिन जनरल ५०० र भिआइपी १०० टिकट दर तोकेको छ ।

साथै क्यानले सिजनल पासमा २० प्रतिशत छुट दिदै जनरलका लागि ४ हजार ४८० र भिआइपीमा ८ हजार २४० तोकेको छ ।

 

क्यानले मङ्सिर १० गतेदेखि नै टिकट बिक्रि शुरु गरिएको जनाएको छ । टिकट खल्ती एपबाट अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version