काठमाडौं १६ मंसीर । रोल्पाको रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेस उम्मेदवार भूपमणि पुन मगर ६४३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बेगम पुन मगरले ५३५ मत पाउँदा नेकपा माओवादी केन्द्रका नरेशजंग सिंहले ७० मत ल्याए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनका पूर्णबहादुर बुढा मगरले ७ मत पाएका छन्।

Share.

Comments are closed.

Exit mobile version