एजेन्सी । अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । विद्यालयकै एक छात्राले गोली चलाएको र दुई जनाको ज्यान गएको प्रहरीको भनाइ छ । घटनामा अरु छ जना विद्यार्थी घाइते भएका छन् ।
विस्कन्सिन राज्यको निजी क्रिस्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने १७ वर्षीय किशोरी रहेकी बीबीसीले जनाएको छ । गोली चलाउनुको कारण खुलेको छैन । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।
प्रहरीले परिवारको सहयोगमा ती किशोरीमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि विद्यालयसँगैको सडक पनि बन्द गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो वर्ष मात्रै अमेरिकाभर विद्यालयमा ३८ वटा गोलाबारीका घटना भएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।