काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताउनु भएको छ ।

आइतबार काठमाडौंमा नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर पालिका वडा नम्ब ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

थापाले सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम शुरु गर्ने बताउनुभयो ।

संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने उहाँको भनाई छ । यो संविधाने काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुने कुरा नभएको थापाको भनाई छ ।

माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्ने र दलहरुको बीचमा समझदारी बनाउने थापाको भनाई छ ।

Share.

Comments are closed.

Exit mobile version