ललितपुर-सोमबार दिउँसो ललितपुरको फुल्चोकी जंगल भित्र घुम्दै गर्दा बाटो विराएपछि हराउन पुगेका १३ जना युवाहरूको उद्धार गरिएको छ। सोमबार जंगलमा घुम्न गएका उनीहरूले फर्किने बाटो बिर्सिएपछि जंगलमै हराएका थिए। 

उनीहरूको राती ९ बजेतिर उद्धार गरिएको हो। हराउनेहरूमा ३ जना महिला र १० जना पुरूषहरू रहेका थिए। 

अहिले उनीहरूको मानसिक अवस्था ठिकै रहेको छ। प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा ७ जना प्रहरी र एक जना स्थानीय दावा तामाङको टोलीले उनीहरूको उद्धार गरेको हो। 

फुलचोकी जंगल गोदावारीदेखि माथि पर्छ। जहाँ घुम्नका लागि धार्मिक स्थलहरूसमेत छ। केही दिन अघि पनि यहाँ घुम्न गएकाहरू हराएका थिए।

Share.

Comments are closed.

Exit mobile version