सियोल, १४ पुस । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ ।
१ सय ८१ जना सवार विमानबाट दुई जनाकोे भने जीवितै उद्धार गरिएको छ । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।
जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किँदै गर्दा धावनमार्गबाट बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर आगलागी भएको थियो । यसमा १८१ जना सवार थिए, दुई जना बाँचेकालाई अहिलेसम्म उद्धार गरिएको जापानको उद्दार बिभागले जनाएको छ।
कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।
योनहापका अनुसार उद्धार अभियान जारी रहँदा दुइ व्यक्ति जीवितै फेला परेको छ।
विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।