काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा एक रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाएको हो।
हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको निगमले जनाएको छ।
पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ।
