चिसो बढेसँगै युद्धग्रस्त गाजाको जनजीवन प्रभावित भएको छ। चिसोले पाँच शिशुसहित कैयौं मानिसको मृत्यु भएको संयुक्त राष्ट्र संघको एजेन्सीले जनाएको छ।
चिसोबाट थप मानिसको मृत्यु हुन सक्ने एजेन्सीले चेतावनी दिएको छ। यसअघि गएको शुक्रबार मात्रै चिसोका कारण पालभित्र सुतिरहेको अवस्थामा एक नर्सको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युद्धका कारण विस्थापित भएका नागरिक अहिले अस्थायी पालमा बसिरहेका छन् । तर लगातार परेको पानीले पालमामसेत क्षति पुर्याएको आधिकारीहरुलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । युद्धले थकित भएका प्यालेष्टिनीहरुलाई वर्षासँगैको चिसोले पीडा थपेको छ ।
