काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ ।

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पतालले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो ।

भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।

हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।

Share.

Comments are closed.

Exit mobile version