काठमाडौं। महिला र पुरुषको विवाहको उमेर १८ वर्ष राख्न सुझाव दिइएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार उक्त सुझावसहितको प्रतिवेदन पेस गरेको हो ।

मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानुन समितिले तीन उपसमिति गठन गरेको थियो । ती उपसमितिले समितिसमक्ष प्रतिवेदन पेस गरेका छन् ।

विवाहको वैध उमेर घटाउनु उपयुक्त हुने उपसमितिको अध्ययनको निष्कर्ष छ । हाल विवाहको उमेर महिला र पुरुष दुवैको २० वर्ष कायम छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version