बाजुरा ,३ माघ । रुखबाट खसेर बाजुराकी एक महिलाको ज्यान गएको छ। जिल्लाको बुढीगंगा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको हो।

बुढीगंगा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको छ।

मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन्।

Share.

Comments are closed.

Exit mobile version