काठमाडौं – प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ।

एक भारतीय अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले शनिबार राति १० भारतीय र १५ जना नेपालीलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२ को घरबाट अनलाइन जुवा खेलाइरहेकालाई पक्राउ गरेको हो।

‘ठूलो रकमको अनलाइन जुवा खेलाएको सूचना आएपछि दुई घरमा छापा मारेर संलग्नहरूलाई पक्राउ गरिएको हो,’ कार्यालयका एक अधिकृतले भने, ‘अहिले विस्तृत विवरण आइसकेको छैन।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नयाँ प्रमुखको रुपमा एसएसपी रमेशकुमार बस्नेतले शुक्रबार कार्यभार सम्हालेका थिए। उनले कार्यभार सम्हालेपछि कार्यालयले गरेको यो पहिलो ठूलो ‘अपरेशन’ हो।

ती अधिकृतले कोठा भाडामा लिएर अनलाइन जुवा खेलाइएको बताएका छन्।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version