काठमाडौं, माघ २० । नेपाली बजारमा आज सुनको भाउ  स्थिर रहेको छ । यसैगरी चाँदीको भाउ भने सामान्य घटेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।

Share.

Comments are closed.

Exit mobile version