काठमाडौ, माघ २२ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको १५.५७ प्रतिशतले खुद नाफा सँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा १५.५७ प्रतिशतले बढेर २० करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।  यसअवधिका खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी २८.०४ प्रतिशतले बढेर ९४ करोड ८१ लाख २१ ह्जार रुपैयाँ पुगेको छ । यता सञ्चालन आम्दानी पनि १५.५७ प्रतिशतले बढेर २९ करोड ३४ लाख ८९ हजार रुपैयाँ छ ।

पुस मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ११ पैसाले बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८ पैसा छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version