बैतडी । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ।

जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको बुधवार भिरबाट लडेर मृत्यु भएको छ। दार्चुलाको शैलशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर घाइते भएका थिए।

घाइते उनलाई तत्काल कुलेश्वर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। हाल घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

Share.

Comments are closed.

Exit mobile version