काठमाडौं, ८ फागुन । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूपदार्थसहित १८ जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले काठमाडौं महानगरपालिका-२२ भोटेवहालबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्रामसहित सोही महानगरपालिका-१३ कालिमाटी बस्ने २४ वर्षीय युजेन श्रेष्ठसमेत दुईजनालाई बुधबार राति पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाट खटिएको प्रहरीले बा.प्र.०२-०५३ प ३६३९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्सा वीरगंज महनगरपालिका-१६ शंकरर्चाय गेटबाट अवैध लागूऔषध गाँजा ८ किलो ५ सय ग्राम सहित देश भारत वेस्ट बंगाल नदिया शहर बस्ने २८ वर्षीय राज अधिकारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
पर्साकै वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ११ किलो ७ सय ग्राम सहित सोही महानगरपालिका-१६ बसपार्क बस्ने बारा घर भएकी ३० वर्षीया आरती यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले वीरगंजबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्राम सहित धरान नगरपालिका-३ भृकुटी चोक बस्ने ३१ वर्षीय कमल सहनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित बेदकोट नगरपालिका-१ बस्ने ३२ वर्षीय केशब बहादुर बिष्टलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका-६ सनईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६२ मिलिग्राम सहित देश भारत जिल्ला महाराजगंज थाना ठुठीबारी ग्राम लक्ष्मीपुर बस्ने २८ वर्षीय मोहमद शम्सेर समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपि ५६ एएफ ४७७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर मनहरी गाउँपालिका-७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय २० ग्राम सहित पर्सा जिराभवानी गाउँपालिका-५ बस्ने २५ वर्षीय चन्दन कुमार चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ पिपिराचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-११ बस्ने ३२ वर्षीय मिन बहादुर खड्का र सोही नगरपालिका-३ बस्ने ३८ वर्षीय बिजय बिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली धनगढी उपमहानगरपालिका-८ बुद्ध चोक नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बसन्त खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २१ वर्षीय जगत बहादुर भण्डारी र सोही नगरपालिका-२ बस्ने २० वर्षीय शेखर सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ५७७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया बढैयाताल गाउँपालिका-२ शिवशक्तिपुर फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने २४ वर्षीय भगवानदिन थारू र सोही नगरपालिका-११ लोकनगर बस्ने ४२ वर्षीय गर्भु कुमार थारू रहेका छन् । प्रहरी चौकी जमुनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५१ ग्राम सहित देश भारत बहराइज थाना मडेरा नानपारा बस्ने ३१ वर्षीय विशाल अहमदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको युपि ३२ एमएस २६१८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।