काठमाडौं – काठमाडौं महानगरपालिका-१३ पुरानो कालिमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङ गंगाजमुना गाउँपालिका-५ का ५५ वर्षीय साने गुरुङ रहेका छन्।

निर्माणाधीन पिच सडक पेल्ने रोलरले शुक्रबार बिहान राति १ बजे गुरुङलाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि चालक मकवानपुर थाहा नगरपालिका-५ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्यूचाटार बस्दै आएका १८ वर्षीय उमेश स्याङताङ पक्राउ परेका छन्।

दुर्घटना गराएर फरार भएका उनलाई स्यूचाटारबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

स्याङताङलाई प्रहरी वृत्त कालिमाटीमा पठाइएको प्रहरीले जनाएको छ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version