काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

त्रिविलेआगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ । २१ गते मतदाता सूची प्रकाशन गरिनेछ ।त्यस्तै २७ गते उम्मेदवारी दर्ता गर्न सकिने जनाइएकाे छ ।

Share.

Comments are closed.

Exit mobile version