काठमाडौं । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो। यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ।

रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन्। जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ।

नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ।

Share.

Comments are closed.

Exit mobile version