काठमाडौं, ४ बैशाख । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक -एआईजी बढुवा गर्न सिफारिस गरिएको छ ।

बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।

खापुङ, आचार्य र शर्मा हालका प्रहरी महानिरीक्षक दीपक थापाको वैकल्पिक ब्याचका अधिकृत हुन्।  नेपाल प्रहरीमा रिक्त ६ जना एआइजी थिए। समितिको यो निर्णय मन्त्रिपरिषदबाट अनुमोदन गरेपछि बढुवा सूचीमा परेकाले दर्ज्यानी चिन्ह पाउने छन्।

दान बहादुर कार्की, राजन अधिकारी र डा.मनोज कुमार केसी र २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा केसी पनि बढुवा सिफारिसमा परेका छन् ।

Share.

Comments are closed.

Exit mobile version