काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्न निर्देशन दिएपछि बोर्डले वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

बोर्ड स्रोतका अनुसार परीक्षा तालिका भने बुधबार सार्वजनिक गरिने छ।

यसअघि शिक्षकहरूको आन्दोलनका बीच बोर्डले पूर्वनिर्धारित मिति वैशाख ११ गतेदेखि नै कक्षा १२ को परीक्षा सञ्चालन हुने निर्णय गरेको थियो।

Share.

Comments are closed.

Exit mobile version