काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी कार्यक्रममा उनले मेटालाई नेपालमा दर्ता हुन पटक–पटक सूचना जारी गरिए पनि कम्पनीले अटेर गरेको बताए । तेस्रो पटकको सूचनाको म्याद केही दिनअघि सकिएको उल्लेख गर्दै उनले अबको सात दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।
उनले मेटाबाट नेपालमा सञ्चालित फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिरहेको बताए। ‘अब सात दिनभन्दा बढी समय दिइँदैन।
