काठमाडौँ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियामा तैनाथ नेपाली शान्ति सेनाको अदलीबदली भएको छ ।

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियामा तैनाथ स्पेसल गार्ड युनिट अन्तर्गत भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फालाई बदली गर्नको लागि नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फाका ११६ जना शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी प्रकाश बहादुर सिंहको नेतृत्वमा मिति २०८२ ज्येष्ठ १२ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ११४ जना नेपाली शान्ति सैनिकहरु सेनानी संजिव राज नेपालको नेतृत्वमा स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

Share.

Comments are closed.

Exit mobile version