पोखरा । क्षितिज थेबे राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न युवा संघको १०औँ महाधिवेशनमा भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिष्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
थेबेले ७९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी पुरीले ६०८ मत प्राप्त गरेका छन् ।
सर्वसम्मत गर्ने प्रयास असफल भएपछि आजै बिहानदेखि मतदान शुरु भएको थियो । मतदानमा १४०४ मत खसेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


