काठमाडौँ । उज्वेकिस्तान र जोर्डनले पहिलो पटक फिफा फुटबल विश्वकपमा छनौट भएका छन् ।

त्यस्तै दक्षिण कोरिया पनि विश्वकपमा छनौट भएको छ ।विश्वकप छनौट अन्तर्गतको खेलमा उज्वेकिस्तान यूएईसँग गोलरहित बराबरी खेल्दै आफुलाई पहिलो पटक विश्वकपमा पुर्याएको हो ।

एसियाली छनोट तेस्रो चरणको समूह ‘ए’ मा इरान र उज्वेकिस्तान शीर्ष स्थानमा छन् । इरान पनि विश्वकपका लागि छनोट भइसकेको छ ।त्यस्तै जोर्डनले ओमानलाई ३-० गोल अन्तरले पराजित गर्दै समुह बि मा दोस्रो हुदै विश्वकपमा पहिलो पटक छनौट भएको छ ।

एशिया छनौटको समुह बी मा दक्षिण कोरिया शिर्ष स्थानमा रहदै विश्वकपमा छनौ भएको छ ।एशियाबाट अहिलेसम्म इरान, जापान, दक्षिण कोरियाम जोर्डन र उज्वेकिस्तान विश्वकपका लागि छनौट भएका छन् ।

त्यस्तै क्यानडा मेक्सिको र अमेरिका २०२६ विश्वकपको आयोजकको रुपमा छनौट भएका छन् । त्यसैगरी दक्षिण अमेरिकी समुहबाट अर्जेन्टिना यसअघि नै छनौट भइसकेको छ भने आसियाना क्षेत्रबाट न्यूजील्याण्ड विश्वकपमा छनौट भएको छ ।

Share.

Comments are closed.

Exit mobile version