जनकपुरधाम । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउदै छ ।आज अपराहन्न ४ बजे बस्ने पाँचौं अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको मधेश प्रदेश सचिवालयले जानकारी दिएको छ ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रदेश सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको मधेश प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version