काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका क्याप्टेन शुभांशु शुक्लासँग कुराकानी गरेका छन् ।

प्रधानमन्त्री मोदीले भिडियो कल मार्फत कुराकानी गर्दै शुभांशु शुक्लाको साहस र योगदानको प्रशंसा गरेका थिए । कुराकानीमा शुभांशुले भारत नक्सामा भन्दा अन्तरिक्षबाट धेरै भव्य देखिने बताएका थिए । उनले प्रधानमन्त्री मोदीसँग गाजरको हलवा र आँपको रस अन्तरिक्षमा लागेको समेत बताएका थिए । उनले प्रधानमन्त्री मोदीसँग भने- ‘यो केवल मेरो यात्रा होइन, यो हाम्रो देशको यात्रा पनि हो, म भारतको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छु ।’

शुभांशु शुक्ला हाल नासासँगको सहकार्यमा पठाइएको एक्सियम-४ मिसन अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको यात्रामा छन् ।

शुभांशु शुक्ला राकेश शर्माको अन्तरिक्ष यात्रा पछि ४१ वर्षको अन्तराल पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने भारतीय हुन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version