काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ७.६४ रुपैयाँ र डिजलमा ९.१३ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।

मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version