काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीनजनाको संसदीय सुनुवाइ सकिएको छ ।

प्रस्तावित सबैको सुनुवाइ भएपनि समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अर्को बैठकबाट आवश्यक निर्णय लिइने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइएकी छन् ।

न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्रै प्रस्तावित न्यायाधीशहरूलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version