काठमाडौं – प्रहरीले लागुऔषध सेतो हेरोइनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ६५ वर्षीय राकेश वाहाव रहेका छन्। थाई एयरको जहाजमा बैंककबाट काठमाडौं आएका उनलाई शनिबार राति त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जीवन निरौलाले बताए।

उनको साथबाट ६.५ किलोग्राम सेतो हेरोइन बरामद भएको निरौलाले बताए।

सेतो हेरोइन अफिमबाट प्रशोधन गरी बनाइन्छ। यो थाइल्याण्ड, मेक्सिकोमा बनाइने गरिएको छ।

चार सय ग्राम खैरो हेरोइन बरामद

प्रहरीले आइतबार मोरङ रंगेली नगरपालिका-८ बाट लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार अररियाकी खसिना खतुन, रंगीका सुशील बुढाथोकी र कृर्तानन्द ठाकुर रहेका छन्। उनीहरूको साथबाट प्रहरीले चार सय ग्राम खैरो हेरोइन बरामद गरेको छ।

खैरो हेरोइन बरामद गर्ने सिलसिलामा प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।

Share.

Comments are closed.

Exit mobile version