रसुवा । बर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ ।
गएराती करिब ३: १५ बजे रसुवाको गोसाईकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको हो । पुलमा पुगेको क्षतिका कारण अहिले आवत जावत बन्द भएको छ ।
त्यसैगरी, टिमुरेस्थित सुख्खा बन्दरगाहमा पसेको बाढीले केही मालबाहक कन्टेनर समेत बगाएको छ । हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।
प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै भनेको छ- राती चीनबाट रसुवागढी नाका भई बग्ने भोटेकोशी नदीमा ठूलो मात्रामा बाढी आई नदीको सतह बढ्न गएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने सम्पूर्णमा आवश्यक सजगताका लागि अनुरोध गरिन्छ । साथै, उद्धार कार्यमा स्थानीय प्रशासन तदारुकताका साथ कृयाशील रहेको समेत जानकारी गराईन्छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


