काठमाडौँ । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६ औं स्थानमा पुगेको हो । अघिल्लो वरियतामा नेपाल १७५औ स्थानमा रहेको थियो ।
त्यस्तै छिमेकी मुलुक भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ ।
त्यस्तै फिफा वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा रहेको छ । त्यसैगरी पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै नेदरल्याण्डस एक स्थान तल झरेर सातौं स्थानमा रहेको छ भने बेल्जियम आठौं स्थानमा रहेको छ ।
त्यस्तै जर्मनीले एक स्थानले माथि उक्लेर नवौं स्थानमा रहेको छ र क्रोसिया एक स्थान सुधार गर्दै दशौँ स्थानमा उक्लिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।