काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको जानकारी दिएको छ ।

फिफाले मार्च १५, २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा) मा  आर्थिक अपारदर्शिताको आशंका गर्दै ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो । जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर खर्च गर्न दिने गरेको थियो ।

चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले नेपालमाथि लगाइएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।

फिफाको पछिल्लो निर्णयसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने भएको छ ।

एन्फाले निर्वाचन पश्चात संस्था सुधार, भद्रगोल व्यवस्थाको अन्त्य र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा फिफाको यो निर्णयपछि सकारात्मक मोडमा आइपुगेको बताएको छ ।

 

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version