काठमाडौँ । गल्छी-सितापाइला सडक हुँदै काठमाडौं आइरहेको कारमा आगो लागेको छ ।
शनिबार बिहान काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुंगास्थित खड्का मोडमा बा.प्र ०१-०३१ च ०९६६ नम्बरको कारमा आगलागी भएको हो ।
प्रहरीका अनुसार कारमा आगो लागेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कारमा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।
कार चालक काठमाडौंको लाजिम्पाटका सुरेश श्रेष्ठ र कारमा सवार अर्को एक जनाको सकुशल उद्धार गरिएको थियो ।
