कमेडी च्याम्पियन सिजन ३ बाट चर्चामा आएका कमेडीयन रिषभ काफ्लेले झानेको पिज्जा स्ट्याण्ड अप कमेडी टूर गर्ने भएका छन् । गाईजात्राको अवसरमा देशका विभिन्न सहरमा स्पेशल कमेडी शो गर्न लागिएको हो । कार्यक्रमको मुख्य प्रायोजक खल्ती बाई आई एम ई रहेको छ । बुधबार एक पोष्टर सार्वजनिक गर्दै रिषभले सो कार्यक्रमको घोषणा गरेका थिए ।
रिषभ कमेडी च्यम्पियन सिजन ३ का उपविजेता समेत हुन् । च्याम्पियनकै एक एपिसोडमा प्रस्तुती दिनेक्रममा उनले झानेको पिज्जा शब्द पहिलो पटक निकालेका थिए जसले सर्वाधिक वाहवाही पाएको थियो ।

 

लेखनमा उत्कृष्ट मानिएका रिषभ अहिले विशाल भण्डारी निर्देशित दुई कार्यक्रम कमेडी नाइट विथ च्याम्पियन्स् र एक्टिङ स्टारको लेखकका रुपमा समेत कार्यरत छन् । लेखन साथसाथै विभिन्न कर्पोरेट शोमा समेत व्यस्त रिषभ गाईजात्रा स्पेशल सोलो स्ट्याण्ड अप कमेडी नेपाल टूर गर्ने पहिलो नेपाली कमेडीयन हुनेछन् । गाईजात्राका अवसरमा विभिन्न प्रहसन भने लामो समयदेखि हुर्दैआईरहेको अवस्थामा एकल प्रस्तुती रहने भएकाले दर्शकहरु कार्यक्रमका लागि उत्साहित छन् ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version