काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा दिन तयार भएका छन् ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि लामा मुख्यमन्त्री छोड्न तयार भएका हुन् । उनले आइतबार राजीनामा दिने देउवालाई जानकारी गराएका छन् ।
अर्कोतर्फ संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँसँग पराजित भएपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिने आवश्यक नभएको जिकिर गर्दै आएका थिए । उनले गठबन्धन सरकारको मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै राजीनामा नदिने अडान लिएका थिए ।
अब लामाले राजीनामा दिएपछि बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् ।
