काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ति गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
माओवादी केन्द्रको आजको स्थायी कमिटीको बैठक सकेर बाहिरिने क्रममा प्रचण्डले छोटो प्रतिक्रिया दिदै पार्टीमा जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्नुपर्ने बताएका हुन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले भने- ‘अहिले छलफल चलिरहेको छ । जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्ने कुरा हो ।’
शुक्रबारदेखि शुरु भएको बैठक भोलि सकिने बताइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।