नवलपुर । नवलपुरको कावासोतीमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छन् ।

कावासोतीबाट नारायणगढ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस आइतबार साँझ करिब ७ बजे कावासोती-८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार ३० जना मध्ये १५ जना घाइते भएको र उनीहरुको उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको नवलपपुर प्रहरीले जनाएको छ । प्रहरीले घाइते ५ जनाको पुरानो मेडिकल कलेज भरतपुर, ६ जनाको नँया मेडिकल कलेज भरतपरमा र २ जनाको नवलपुर अस्पताल कावासोतीमा उपचार भइरहेको जानकारी दिएको छ ।

बसको स्टेरिङ्ग फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version