नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन भएको छ । वीर अस्पतालमा उपचाररत वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमवार निधन भएको हो ।
नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । गत २०७९ सालको स्थानीय तह निर्वाचनमा रिमाल वडामा अध्यक्ष एमालेका तर्फबाट विजयी भएका थिए ।
