काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज समापन हुने भएको छ ।
शुक्रबारदेखि जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीका सदस्यहरूले उठाएका प्रश्न र राखेका धारणाहरूमाथि जवाफ दिने भएका छन् ।
यसअघिका बैठकहरुमा धेरैजसो स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्दै अहिले प्रचण्डकै नेतृत्व आवश्यक रहेको बताएका थिए । तर उपमहासचिव जनार्दन शर्माले प्रचण्डकै कारणले २०६४ मा भएको जनमत गुमाएको आरोप लगाउदै यसको जिम्मेवारी लिनुपर्ने बताएका थिए । पछिल्लो समय शर्माले प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउदै चेतावनी दिइरहेका बेला यस स्थायी कमिटीको बैठकले के निर्णय गर्छ भन्नेतर्फ धेरैको ध्यानकेन्द्रित भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।